५ चैत, काठमाडौं । सर्बसाधारणहरुमा विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी भ्रम फैलाउनेलाई सरकारले कारबाही गर्ने निर्णय गरेको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कुनै पनि सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत भाइरसबारे भ्रम फैलाउने जोकोहीलाई विद्यमान कानून अनुसार कारबाही गर्ने निर्णय समितिले गरेको हो ।
यसअघि मलेसियामा कोरोना सम्बन्धी भ्रम फैलाएको आरोपमा एक व्यक्तिलाई एक वर्ष जेल सजाय तोकिएको थियो ।
