Comments Add Comment

डेढ महिना हल बन्द हुँदा यी सिनेमाको रिलिज मिति प्रभावित हुने

नेपाल सरकारले करिब डेढ महिना सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समिती’ले अप्रिल ३० सम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो । योसँगै वैशाखको तेश्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति तय गरेका चलचित्रको रिलिज प्रभावित हुने भएको छ ।

सरकारको यो निर्णयसँगै चैत्र २८ गते रिलिज हुने तयारीमा रहेका २ चलचित्र ‘चपली हाइट ३ र प्रेमगीत ३’को रिलिज मिति प्रभावित हुने भएको छ । यी दुई चलचित्रका निर्माताले प्रदर्शन मिति पछि नसरेको बताउँदै आएका थिए । अब, भने यी दुई चलचित्र पनि पछि सर्नुपर्नेछ ।

यस्तै, वैशाखको १२ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र ‘लप्पन छप्पन २ र हिजो आजका कुरा’को पनि प्रदर्शन मिति पछि सर्ने निश्चित छ । चैत्र २१ मा रिलिज मिति तोकिएको चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति स्थगित भैसकेको छ ।

वैशाखको अन्तिम साता रिलिज हुने भनिएको चलचित्र ‘हिरो रिटन्र्स’को रिलिज मिति पनि प्रभावित हुने संभावना बढेको छ । यसले, आउँदो बर्ष नेपाली चलचित्रको रिलिजको सेड्यूल भद्रगोल हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment