+
+
Shares

सरकारलाई पूर्वस्वास्थ्यमन्त्रीको सल्लाह : प्रत्येक अस्पतालमा फिवर क्लिनिक खोलौं

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते २०:०५

५ चैत, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई सबै अस्पतालमा फिवर क्लिनिक खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपपप्रधानमन्त्री ईश्वर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै थापाले कोरोनाको शंका लागेर आउने व्यक्तिलाई अरु विरामीभन्दा अलग रुपमा दर्ता, परीक्षण र उपचार गर्न हरेक अस्पतालमा फिवर क्लिनिक स्थपित गर्न माग गरेका हुन् ।

क्लिनिकमा आएका विरामी शंकास्पद देख्नासाथ आइसोलेसनमा राखेर थप परीक्षण र उपचारका लागि पठाउने संयन्त्र बनाउन, चिकित्सक, नर्स तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलार्य सुरक्षित राख्न पीपीईको व्यवस्था गर्न पनि सुनाएका छन् ।

नेपाली कांग्रेसका सांसद थापाले कोरोनाको मात्र उपचार गर्न डेडिकेटेड कोरोना हस्पिटलको व्यवस्था पनि सरकारसँग माग गरेका छन् ।

कोरोनाको संक्रमण देखिए शुक्रराज ट्रपिकल तथा सरुवा रोगसहित विभिन्न अस्पतालमा उपचार गर्ने सरकारको निर्णय छ । तर यसरी फरक फरक अस्पतालमा उपचार गर्दा नियमित उपचार प्रक्रिया अस्तव्यस्त हुने भन्दै उनले टेकुलाई कोरोना भाइरसको मात्र उपचार गर्ने गरी आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्था गर्न माग गरेका छन् । साथै सरकारी अस्पतालले नपुगे निजी अस्पताल र मेडिकल कलेजहरुसँग सहकार्य गरी सरकारले नै जिम्मा दिएर उपचार गर्नुपर्नेमा जोड दिएका छन् ।

उपत्यका बाहिर प्रत्येक प्रदेशमा सरकारी वा निजीसँग सहकार्य गरी कम्तिमा एउटा अस्पताललाई जनरल वार्ड, आइसोलेसन वेड, आईसीयू सुविधासहित कोरोनाको उपचारका लागि छुट्टै कोभिड –१९ ट्रिटमेन्ट सेन्टरको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?