+
+

सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ५ गते २१:००

५ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटल प्रा। लि।बीच आज बुधबार बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२५ सम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिंदा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?