Comments Add Comment

मोबाइलरहित बिदा : खेलको साथमा कसरी बिताउने दिन ?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा कोरोना भाइरस महामारी घोषित भइसकेको छ । यस्तो अवस्थामा गम्भीरतालाई ध्यानमा राख्दै सरकारले धेरै कार्यक्रमहरु रद्द गरिरहेको छ । एसईई लगायतका सबै कार्यक्रमहरु रद्द भइसकेको छ ।

२५ जनालाई एकै ठाउँमा भेट्न प्रतिबन्ध लगाएको छ । अत्यावश्यक बाहेक बाहिर ननिस्कन सरकारले आग्रह गरेको छ । यो अवस्था विशेषगरी सधैँ सक्रिय हुने बच्चाहरुको व्यवस्थापन गर्नको लागि अनेक उपायहरु अपनाउन सकिन्छ । यो समस्या धेरैले भोगिरहेका हुनसक्छन् । त्यसको लागि केही खेलहरू हुन्छन् जसले समय बिताउने एवं स्वास्थ्यलाई समेत असर गर्दैन ।

मोबाइल जस्ता उपकरणहरुको प्रयोग हाम्रोलागि हानिकारक हुनसक्छ । त्यसबाट बच्नको लागि तल उल्लेखित खेलहरुको साथमा हामीहरु रमाउन सक्छौं । तल उल्लेख गरिरहेका खेलहरु धेरैलाई थाहा भइरहेको र धेरैले खेल्दै आएको खेल समेत हो । तरपनि स्मरणको लागिमात्रै यो खेलहरुको बारेमा उल्लेख गरिएको छ ।

बाल्यावस्थामा फर्कौं

जसरी बाल्यावस्थामा हामी नागपास खेल्ने गथ्र्याैं, क्यारम बोर्ड जस्ता खेलहरु खेल्ने गथ्र्याैं । त्यसो भए यो बाल्यावस्थालाई फेरि दोहोऱ्याऔं । यो खेललाई हल्का रूपमा लिनुहुन्न किनकि जब ठूला मानिसहरू रमाइलो गर्न सुरु गर्छन् कि उनीहरु एकले अर्कोलाई हराउने प्रयासमा लाग्छन् । खेलमा रमाइलोको साथ एउटा अति आवश्यक तत्व प्रतिस्पर्धा समेत हुन्छ । यदि तपाईं एक्लै हुनुहुन्छ भने, त्यहाँ तनावको सवाल नै छैन । त्यसैले बाल्यकालमा खेलिने यी खेलहरु समय बिताउनको लागि उपयुक्त हुनसक्छन् ।

अन्ताक्षरी

फुर्सदको समयमा के गरेर बस्ने ? अन्ताक्षरी खेलेर बस्नु । अन्ताक्षरी खेल्नको लागि साथीहरु वा घरका सदस्यहरुलाई दुई भागमा विभाजित गर्न सकिन्छ । यस्तो अन्ताक्षरी विभिन्न कार्यक्रम एवं बनभोज जस्ता मनोरञ्जनात्मक कार्यक्रममा समेत प्रयोग गर्ने गरिन्छ । यही अन्ताक्षरी घरमा समेत दुई समूह बनाएर सुरु गर्न सकिन्छ । सबैभन्दा राम्रो कुरा त तपाईंहरु आफ्नो परिवारको साथ साथीहरूलाई पनि आमन्त्रित गर्न सकिन्छ।

डम सराड्स

धेरैको लागि यो नयाँ खेल पनि हुनसक्छ । यसमा हामीले पहिले दुई टीममा सदस्यहरुलाई समेट्न सकिन्छ । यदि फिल्मको बारेमा ड्रम सराड्स गराउने हो भने सबैभन्दा पहिले एउटा टिमले हातमा धेरै फिल्महरुको नाम लेखेको पर्ची लिने गर्छ । दोस्रो टिमका मान्छेलाई एउटा पर्चीमा नलेखिएको भागतर्फ देखाएर त्यो फिल्मको केही डायलग या अन्य सांकेतिक हाउभाउ गराउने गरिन्छ ।

त्यसपछि कुन टिमले धेरै फिल्मको नाम पत्ता लगाउन सक्छ । उसैको जीत हुनेगरी यो खेल खेलिन्छ । अधिक अंक प्राप्त गर्नेलाई पुरस्कार राशीको घोषणा गरेर उनीहरुलाई सामान्य पुरस्कारको समेत व्यवस्था गर्न सकिन्छ । यस्तो खेलको लागि कुनैपनि विषयवस्तु दिन सकिन्छ ।

रुमाल लुकाई

रुमाल लुकाई पनि धेरै मान्छेलाई थाहा भएकै खेल हो । यसको लागि घरको छतमा या घरको आँगन उपयुक्त हुने गर्छ । यसको लागि सबैभन्दा पहिले एक हुल मानिस जम्मा भएर गोलो घेरामा सबै एक अर्काको सम्मुख बनेर बस्नुपर्छ । त्यसपछि एउटा रुमाललाई एकजनाले पछाडिपट्टीबाट घुम्दै जाँदा कसैले पनि थाहा नपाउने गरी रुमाल राख्ने गरिन्छ । रुमाल राख्ने मान्छेले एक पटक परिक्रमा गरेर आउँदासम्म उसले थाहा पाएन भने त्यही रुपमालले उसलाई कुटेर रुमाल राख्ने जिम्मेवारी उसलाई दिन्छ । परिक्रमा गरेर फर्किनुअघि नै जसको पछि रुमाल राखिएको थियो । सो व्यक्तिलाई थाहा भयो भने उसले पहिले नै रुमाल टिपेर हिँडछ । उसको ठाउँमा पहिले रुमाल राखेको मान्छे बस्ने गर्छ ।

म्युजिकल चियर

म्युजिकल चियर जापानमा विकसित खेलको एउटा परिस्कृत रुप हो । जापानबाट सुरु भएर आज संसारभर मनोरन्जनका लागि प्रख्यात भएको एउटा खेल हो कराओके । म्युजिकल चियरमा माथि उल्लेख गरिएको रुमाल लुकाई खेलको जस्तै गरी बसिन्छ । त्यसपछि गीत बजाउन सुरु गरिन्छ । संगीतको तालमा सहभागीहरु नाच्दै हिँड्छन् । त्यसपछि बीचमा पुगेपछि अनायासै गीत रोकिन्छ । त्यतिबेलासम्म एउटा चियर निकालिन्छ । गीत रोकिएपछि जसले चियर पाउँदैन ऊ खेलबाट बाहिरिन्छ । यसरी पनि फुर्सदको समयमा खेलबाट समाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment