Comments Add Comment

बाबुराम भट्टराई अस्पताल भर्ना

Photo Credit : फाइल तस्वीर

६ चैत, काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

एक्कासि ढाड दुखेपछि बुधबार राति करिब ८ बजे उनलाई बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको हो ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार, भट्टराईको अवस्था अहिले सामान्य छ । र, आजै डिस्चार्ज ‪गर्ने तयारी छ ।

उनले भने, ‘रक्त सञ्चालनमा अवरोध पुगेको आशंकामा सबै परीक्षण गरियो । तर सबै सामान्य रहेको रिपोर्ट आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment