Comments Add Comment

एमिलिया भन्छिन्–‘नायकसँग डेट गर्न चाहन्नँ’

‘गेम्स अफ थ्रोन्स’ जस्तो चलचित्रमा काम गरिसकेकी हलिउड नायिका एमिलिया क्लार्कले आफूलाई नायकसँग डेट गर्न मन नलाग्ने बताएकी छिन् । हालै, मिडिया अन्र्तवार्तामा उनले भनिन्–‘मैले पहिले नायकसँग डेट गरेकी थिएँ । तर, अब मलाई यसमा रुची छैन । किनकी, नायकसँगको प्रेम लामो समय टिक्दैन । अब मेरो नायकसँग प्रेम नै हुँदैन भन्ने होइन । तर, नायकसँगको प्रेम लामो समयसम्म नटिक्ने भएकाले पनि मलाई डर लाग्छ ।’

एमिलियाले आफूसँग निकै नै रमाइला घटनाहरु भएको भन्दै कुनै समयमा फेरि बताउने मिडियालाई जानकारी दिइन् ।

एमिलियाले सानै उमेरमा २ पटक ब्रेन सर्जरी गरेको एक अंग्रेजी पत्रिकाले उल्लेख गरेको छ । तर, एमिलियाले यो कुरा अहिलेसम्म कसैलाई पनि बताएकी छैनन् ।

यस बिषयमा एमिलिया भन्छिन्–‘म यो चाहन्न कि मानिसहरुलाई म माथि दया पलाओस् । यो कुरा बाहिर आउँदा मानिसहरुले मेरो दुखको कथा भन्नेछन् । म अब, यो रोग संझन पनि चाहन्नँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment