News Summary
Generated by OK AI. Editorially reviewed.- महामारी र हडतालपछि अमेरिकी चलचित्र उद्योगको बक्स अफिसमा उल्लेख्य सुधार देखिएको छ ।
- सन् २०२४ मा वार्षिक घरेलु कारोबार महामारी सुरु भएयता पहिलोपटक १० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
- जेन-जी र मिलेनियल पुस्ताका दर्शकको बढ्दो उपस्थिति तथा चलचित्रको विविधताले हलिउडको पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
लस एन्जलस । जेन-जी दर्शकको बढ्दो उपस्थिति, चलचित्रको विविधता र अप्रत्याशित सफलताले महामारीपछि अमेरिकी सिनेमा उद्योगलाई पुनर्जीवित बनाएको छ ।
कोभिड महामारी र सन् २०२३ को श्रम हडतालबाट प्रभावित हलिउडको बक्स अफिसमा उल्लेख्य सुधार देखिएको छ । रेन्ट्र्याकका अनुसार यस वर्षको अमेरिकी घरेलु टिकट बिक्री सन् २०२५ को यही अवधिको तुलनामा १० प्रतिशत बढी छ ।
गर्मीयामको आम्दानी सन् २०१९ कै हाराहारीमा पुगेको छ भने वार्षिक घरेलु कारोबार महामारी सुरु भएयता पहिलोपटक १० अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।
यस वर्ष फ्रेन्चाइज र पारिवारिक चलचित्रसँगै मौलिक कथाले पनि ठूलो सफलता पाएका छन् । ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ वर्षको पहिलो एक अर्ब डलर कमाउने चलचित्र बनेको छ । ‘टोय स्टोरी ५’ ले करिब ९० करोड डलर र ‘द डेभिल वेयर्स प्राडा २’ ले ६८ करोड ८० लाख डलर कमाएका छन् ।
रायन गोसलिङ अभिनीत ‘प्रोजेक्ट हेल मेरी’ले विश्वभर ६८ करोड ३० लाख डलर कमाउँदै अमेजन एमजीएमको ठूलो सफल चलचित्र बनेको छ ।
‘माइकल’ टिकट बिक्रीबाट एक अर्ब डलर पार गर्ने पहिलो बायोपिक चलचित्र बनेको छ । केवल सात लाख ५० हजार डलरमा निर्मित ‘अब्सेसन’ले ४२ करोड ६० लाख डलरभन्दा बढी कमाएको छ । युट्युबका कन्टेन्ट क्रिएटर केन पार्सन्सको कम बजेटको हरर चलचित्र ‘ब्याकरुम्स’ले पनि ३६ करोड ३० लाख डलरभन्दा बढी व्यापार गरेको छ ।
युवा दर्शक पुनरागमनको प्रमुख आधार बनेका छन् । फान्डाङ्गोको प्रतिवेदनअनुसार पछिल्लो १२ महिनामा जेन-जीका ८७ प्रतिशत र मिलेनियल पुस्ताका ८२ प्रतिशतले कम्तीमा एउटा चलचित्र हलमा हेरेका छन् । जेन-एक्समा यो दर ७० प्रतिशत र बेबी बुमरमा ५८ प्रतिशत छ ।
चलचित्र निर्माणसमेत स्थिर हुँदै गएको छ । सन् २०२६ मा ११५ देखि १२० वटा चलचित्र व्यापक रूपमा प्रदर्शनमा आउने अनुमान छ । सन् २०२४ मा यो संख्या ९४ थियो । अमेजन एमजीएमले पनि सन् २०२५ का तीनवटाको तुलनामा यस वर्ष १३ चलचित्र हलमा ल्याउँदै छ ।
यद्यपि सबै स्थापित ब्रान्ड सफल भएका छैनन् । १७ करोड डलरको ‘सुपरगर्ल’ले विश्वभर ११ करोड ५० लाख डलर मात्र कमाएको छ । ‘द म्यान्डलोरियन एन्ड ग्रोगु’ र ‘मास्टर्स अफ द युनिभर्स’ पनि अपेक्षाअनुसार चलेनन् । यसले ब्रान्डको पहिचान मात्र दर्शक तान्न पर्याप्त नभएको संकेत गरेको छ ।
वार्नर ब्रदर्सलाई पारामाउन्ट स्काइडान्सले खरिद गर्ने सम्भावनाले भविष्यमा चलचित्र उत्पादन घट्न सक्ने चिन्ता पनि बढाएको छ । यसैबीच डिज्नी, पारामाउन्ट र युनिभर्सललगायत स्टुडियोले चलचित्रलाई डिजिटल माध्यममा ल्याउनुअघि कम्तीमा ४५ दिन हलमै सीमित राख्ने नीतिमा जोड दिएका छन् ।
प्रतिक्रिया 4