+
+
Shares

विश्वकपमा रमाउँदै हलिउड स्टारहरू (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३१ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेक्सिको, अमेरिका र क्यानडाको संयुक्त आयोजनामा फिफा विश्वकप फुटबल प्रतियोगिता जुन ११ देखि मेक्सिको सिटीमा शुरू भएको थियो।
  • क्यानडाका अभिनेता रायन रेनोल्ड्स र हलिउड स्टार लियोनार्दो डिक्याप्रियोसहितका चर्चित सेलिब्रेटीहरू रङ्गशालामा पुगेर आ-आफ्ना टोलीलाई समर्थन गरिरहेका थिए।
  • विश्वकपको उद्घाटन समारोहमा मेक्सिको सिटीमा शकिरा, टोरन्टोमा एलानिस मोरिसेट र अमेरिकामा केटी पेरीले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए।

चार वर्षमा एकपटक आयोजना हुने यो फुटबल महाकुम्भ जुन ११ मा मेक्सिको सिटीमा सुरु भएको थियो, जहाँ आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको थियो । मेक्सिकोसँगै अमेरिका र क्यानडा पनि यस वर्षको विश्वकपका सह-आयोजक हुन् । आफ्ना–आफ्ना टोलीलाई समर्थन गर्न थुप्रै चर्चित व्यक्तित्वहरू रंगशालामा उपस्थित भइरहेका छन् ।

क्यानडाका चर्चित अभिनेता रायन रेनोल्ड्स जुन १२ मा टोरन्टोस्थित रंगशालामा आफ्नै देश क्यानडालाई समर्थन गर्न पुगेका थिए । उक्त खेलमा क्यानडाले बोस्नियासँग १-१ को बराबरी खेलेको थियो। त्यस्तै, पेरिस हिल्टन, टोबे म्याग्वायर, रोब लो र जाफार ज्याक्सनजस्ता सेलिब्रेटी अमेरिका र पाराग्वेबीचको खेल हेर्न लस एन्जलस रंगशालामा पुगेका थिए ।

खेलप्रतिको उत्साह खेलाडीमा पनि उत्तिकै देखिएको थियो । न्यूयोर्क जायन्ट्सका क्वार्टरब्याक ज्याक्सन डार्ट तथा अमेरिकी महिला राष्ट्रिय टोलीका पूर्वस्टार क्रिस्टेन प्रेस र टोबिन हेथ पनि ३२ वर्षपछि अमेरिकी भूमिमा आयोजित पहिलो विश्वकप खेल हेर्न पुगेका थिए ।

सेलिब्रेटी केवल दर्शकदीर्घामै सीमित छैनन् । जुन १२ मा मेक्सिको सिटी, टोरन्टो र लस एन्जलसमा आयोजित उद्घाटन समारोहमा पनि धेरै कलाकारले आफ्ना देशका टोलीलाई मञ्चबाट सम्मान व्यक्त गरेका थिए ।

क्यानडाकी चर्चित गायिका एलानिस मोरिसेट, जो त्यसको एक दिनअघि मात्र ‘सङराइटर्स हल अफ फेम’मा समावेश भएकी थिइन्, जुन १२ मा टोरन्टोमा आयोजित कार्यक्रममा देखिएकी थिइन् । उनीसँगै क्यानडाकै जेसी रेयेज, माइकल बब्ले र एलेसिया काराले पनि प्रस्तुति दिएका थिए ।

मेक्सिको सिटीमा जुन ११ मा भएको उद्घाटन समारोहमा शकिरा र बर्ना ब्वाय मुख्य आकर्षण बनेका थिए । उनीहरूसँगै जे बाल्भिन, टाइला, अलेजान्द्रो फर्नान्डेज र ड्यानी ओसनले पनि प्रस्तुति दिएका थिए ।

अमेरिकाको उद्घाटन समारोहमा भने केटी पेरीले समारोहको समापन गरिन् । फ्युचर, टाइला, अनिट्टा र लिसाले मञ्च तताएपछि केटी पेरीले आफ्नो प्रस्तुति दिएकी थिइन् । अमेरिकी टोलीले पाराग्वेसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिनुअघि ‘क्यालिफोर्निया गल्र्स’ गायिकाले जीवनकै अविस्मरणीय प्रस्तुति दिने वाचा गरेकी थिइन् ।

मे ८ मा गरिएको घोषणामा उनले भनेकी थिइन्, ‘म प्रस्तुति दिन लागेकी छु भनेर उत्साहित भएर खुट्टा चलाइरहेकी छु ।’ हलिउड स्टारहरू लियोनार्दो डिक्याप्रियो, टम क्रुज, फुटबल स्टार डेभिड बेकह्याम लस एन्जलसको रंगशालामा देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?