+
+
Shares

मनकामना केबलकार चैत मसान्तसम्म बन्द

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १४:२१

६ चैत, काठमाडौं । मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको भाइरसलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डीएन कायस्थले जानकारी दिए ।

शनिबारदेखि लागू हुने गरी चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको नायव महाप्रबन्धक कायस्थले बताए ।

उच्चस्तरीय समितिले भिडभाड नगर्न र भिडभाडयुक्त कार्यक्रम र जमघट बन्द गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले केबलकार पनि बन्द गर्न निर्देशन दिएको थियो ।

गोरखाको मनकामना मन्दिर दर्शनका लागि दैनिक सयौं जनाले यो केबलकारको प्रयोग गर्ने गर्छन् भने मन्दिरमा पनि भिड लाग्ने गर्छ ।

साथै चितनमा सञ्चालनमा आएका हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?