
६ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा सचेतता अपनाउन सेयर दलाल व्यवसायीलाई आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणतर्फ सचेतता अपनाउँदै धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई स्क्रिन एक्जिविसन रुम बन्द गर्न र कार्यालयमा एक पटकमा पाँच जना भन्दा बढी संख्यामा भीड नगर्न पनि आग्रह गरेको छ ।
त्यस्तै कार्यालयमा कर्मचारी र लगानीकर्ता प्रवेश गर्दा हात सफा गर्ने, स्यानिटाइजर र मास्क प्रयोग गर्न र तापक्रम नाप्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।
हरेक ब्रोकर कार्यालयले स्क्रीनमा हेरेर कारोबार गर्नका लागि स्क्रिन एक्जिविसन कक्ष बनाएका हुन्छन् ।
बोर्डको यो निर्देशनसँगै अब सेयर ब्रोकर कार्यालयमा दिनभर बसेर लगानीकर्ताहरुले कारोबार गर्न पाउने छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4