Comments Add Comment

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा ३ जना पक्राउ

५ चैत, काठमाडौं । आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रहरीले भक्तपुरमा ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खानिखोला गाउँपालिका-१० घर भइ भक्तपुर मध्यपुरठिमी-१ लोकन्थली बस्ने ३६ वर्षीय अप्सरा बास्कोटा,  ताप्लेजुङ तेलोक गाउँपालिका-२ घर भइ लोकन्थलीमै बस्ने ३४ वर्षीय सुनिता सुब्बा र १८ वर्षीय एनिहा सुब्बा रहेका छन् ।

खोटाङको दिक्तेल-३ पिनालाखा घर भइ मध्यपुरठिमी-१ मनहरामा बस्दै आएकी ३५ वर्षीय विमला राईलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

राईको शव बुधबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।  उनका छोराको बयानका आधारमा ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment