+
+
Shares

नेपाल एयरलाइन्सद्वारा जापान र दुवई उडान स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १८:२६

६ चैत, काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । ७ चैत्र मध्यरात देखि लागु हुने गरी यी दुई गन्तब्यको उडान स्थगित गरिएको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

उप प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान ३० चैतसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

चैत्र ७ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ ।

यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एक दिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पुरै रकम उपलब्ध गराइने कम्पनीले उल्लेख गरेको छ ।

यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत नेपाल एयरलाइन्सले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?