Comments Add Comment

गण्डकीको संसद अनिश्चितकाललाई स्थगित

६ चैत, पोखरा । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बैठक बोलाइएको थियो । सूचना टाँस गरे अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जानकारी गराएको हो ।

गएको बुधबारदेखि गण्डकी प्रदेशका लगातार ४ वटा बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको थियो । निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम, संसदको सचिवालयसम्बन्धी विधेयकलगायतमा असहमति जनाउँदै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको थियो । कांग्रेसको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक स्थगित गर्दै आएका थिए ।

संसदमा सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सम्बन्ध चिसिँदै गएको थियो । कांग्रेस अवरोधका कारण स्थगित हुँदा पनि दुवै दलले आआˆनो हट नत्याग्दा संसद अनिर्णयको बन्दी बन्दै आएको थियो ।

निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रम कार्यविधिले समान हैसियत देखाए पनि छनोट योजना र बजेट दिने सन्दर्भमा मुख्यमन्त्रीले विभेद गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

मुख्य विवाद रहेका ४ निर्वाचन क्षेत्रमा सांसदबीच नै सहमति नजुटे पनि मुख्यमन्त्रीले प्रतिशतका आधारमा धेरै प्रत्यक्ष र थोरै समानुपातिक सांसदलाई भागबण्डा गराइदिएका थिए ।

निर्वाचन क्षेत्रमा २ जना समानुपातिक सांसद रहे २०/२० प्रतिशत उनीहरुलाई र बाँकी प्रत्येक्ष सांसदलाई निर्वाचन क्षेत्रको २ करोड बाँडफाँड गर्ने निर्णय मुख्यमन्त्रीले गरेका थिए । त्यस्तै १ जनामात्रै समानुपातिक सांसद रहेको निर्वाचन क्षेत्रमा ३० प्रतिशत समानुपातिकलाई र बाँकी प्रत्येक्षलाई बजेट दिने गरी योजना छनोट गर्न मुख्यमन्त्रीले निर्णय गरेका थिए ।

अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई भए पनि कार्यविधि मिचेर मुख्यमन्त्रीले निर्णय गरेको भन्दै कांग्रेसले आपत्ति जनाउँदै आएको छ । यस्तै संसद सचिवालय व्यवस्थापन निर्देशन समितिमा सर्वदलीय प्रतिनिधित्व हुनुपर्ने, बजेट पेश गर्नेबेला सरकारले ल्याएको अबण्डा बजेट पारदर्शी गराउने बताए पनि अहिले दुरुपयोग गरेको लगायतका माग राखेर कांग्रेसले अवरोध गर्दै आएको छ ।

चौथो पटक पनि कांग्रेसको अबरोधले बैठक स्थगित भएपछि दुवै दलले पत्रकार सम्मेदन गरेर आ-आफ्नो अडान कायमै राखेका थिए भने एकअर्कालाई आक्षेप लगाएरका थिए । त्यसयता सभामुख नेत्रनाथ अधिकारीले पनि सर्वदलीय बैठक राखे । तर, दलहरुबीच सहमति जुट्न सकेन । बुधबारमात्र पनि मुख्यमन्त्रीकै उपस्थितिमा कांग्रेसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वार्ता गरेका थिए ।

बुधबार १ बजेका लागि बैठक बोलाइएको भए पनि त्यो समय घर्किँदासम्मै मुख्यमन्त्री र प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेतासहितको वार्ता जारी नै थियो । तर, दरुबीच कुरा मिलेर संसद चल्ने स्थिति नआएपछि बुधबारै सूचना टाँस गरेर अनिश्चित कालका लागि बैठक स्थगित गरिएको थियो ।

बैठक स्थगितपछि फेरि सूचना पठाएर संसद चलाउने बताइएको थियो । तर, बिहीबार पनि दलबीच कुरा मिल्न मिल्न सकेन । संसद चल्न सक्ने स्थिति नभएपछि सचिवालयले अर्को सूचना जारी नभएसम्म अनिश्चित कालका लागि बैठक स्थगित भएको जानकारी गराएको छ ।

देशमा कोरोना सन्त्रासका कारण पनि बैठक लामै समय स्थगित हुनसक्ने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment