Comments Add Comment

अष्टेलियामा पानीजहाजबाट ओर्लेका तीन यात्रुमा भेटियो कोरोना भाइरस

७ चैत, काठमाडौं । अष्ट्रेलियामा ३८ सय जना यात्रु बोकेको एक जहाजका तीनजना यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमणको पुष्टि भएसँगै अष्ट्रेलियाले सबै यात्रुलाई छुट्टै बस्न आपतकालीन चेतावनी जारी गरेको छ । न्यू साउथ वेल्स प्रान्तका स्वास्थ्यमन्त्री ब्राड हजार्डले रुबी प्रिन्स नामको जहाजका १३ यात्रुमा गरिएको परीक्षणमा तीन जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

उक्त जहाज बिहीबार सिड्नीमा रोकिएको थियो । जहाजमा एक हजार चालक दलका सदस्य थिए भने २७०० यात्रु रहेको बताइएको छ । उक्त जहाज सिड्नी आउनुअघि न्यूजिल्याण्ड पुगेको थियो । हजार्डले सरकारको चिन्ता भाइरस भेटिनु नभई त्यहाँका मानिस रहेको बताएका छन् संक्रमित पुष्टि भएकामध्ये एक चालक दलका सदस्य र दुई यात्रु छन् ।

अष्ट्रेलियाले यसअघि नै विदेशबाट आउने नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइसकेको छ ।

अष्ट्रेलियामा १०० भन्दा बढी मानिसको भेलामा प्रतिबन्ध लगाइएको छ । अहिले अष्ट्रेलियामा ८ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये सातजनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment