Comments Add Comment

बैंक ब्याज बुझाउने म्याद थप्न उद्योगीको माग

८ चैत, बुटवल । विश्वव्यापी फैलिएको कोरोना भाइरस संक्रमणको असर स्थानीय उद्योग-व्यवसायमा समेत परेको भन्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले बैंकको व्याज रकम भुक्तानीको अवधि असार मसान्तसम्म थप गर्न माग गरेको छ ।

कोभिड १९ संक्रमणको त्रासले आर्थिक गतिविधिमा मन्दी र असहजता आइसकेको भन्दै संघले  बैंक तथा वित्तीय संस्थाको ब्याजको आधार दर गणना गरी ऋण तथा व्याज रकम भुक्तानीको समय थप गर्न माग गरेको हो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरलाई ज्ञापनपत्र बुझाउँदै संघले उद्योगी व्यवसायीका लागि राहत प्याकेजका कार्यक्रम तत्काल ल्याउन समेत माग गरेको छ । आयात निर्यातमा देखिएको असहजता र व्यवसायमा मन्दी आइसकेकाले राहतको प्याकेज कार्यक्रम ल्याउन माग गरिएको संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

विभिन्न राष्ट्रहरुले उद्योगी व्यवसायीलाई राहतका प्याकेजका कार्यक्रमहरु घोषणा गरिसकेकोले नेपाल सरकारले पनि राहत प्याकेज ल्याउनुपर्ने न्यौपानेले बताए ।

ज्ञापनपत्र बुझ्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर निर्देशक राजेन्द्र भट्टराईले कोरोना भाइरसको असर कहाँ कहाँ परेको छ भन्नेबारे संघीय सरकार तथा राष्ट्र बैंक केन्द्रीय कार्यालयले गृहकार्य गरिरहेको र राहत प्याकेजबारे पनि केन्द्रमा छलफल भइरहेको जानकारी दिए ।

यसअघि रुपन्देहीमा उद्योग ब्यापार संगठन र बुटवल उद्योग वाणिज्य संघले पनि राहत कार्यक्रम ल्याउन सरकारसंग माग गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment