Comments Add Comment

कोरोना आशंका गरिएका धनुषाका एक युवकको रिपोर्ट नेगेटिभ

९ चैत, जनकपुरधाम । धनुषामा कोरोना संक्रमणको आशंका गरिएका एक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

हालै मलेसियाबाट फर्केका जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयाका ती युवकलाई जानकी शिक्षण अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनको रगत र पिसाब जाँचका लागि काठमाडौं पठाएकोमा रिपार्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य नर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

‘नमूना संकलन गरी काठमाडौं पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment