+
+
Shares

बिहारमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

भारतमा मर्नेको संख्या ६ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १२:४७

९ चैत, काठमाडौं । भारतको बिहार प्रान्तमा कोरोना भाइरसको संक्रमणका कारण एकजनाको ज्यान गएको छ ।

बिहारको राजधानी सहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।

दुबै मिर्गौला काम नलाग्ने  भएका उनको शनिबार बिहान मृत्यु भएको थियो ।  उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

यससँगै भारतमा कोरोना भाइरसबाट मर्नेको संख्या पनि ६ पुगेको छ । बिहारका दोस्रो संक्रमित पनि अहिले आइसोलेसन वार्डमा छन् । उनी भने स्कटल्याण्डबाट हालै भारत फर्किएका थिए । आइतबारभन्दा पहिला बिहारमा कोरोना भाइरसको कुनै संक्रमण पाइएको थिएन । भारतमा शनिबार मात्र यो भाइरसको कारण दुई जनाको ज्यान गएको हो ।

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ज्यान गुमाएका सबै मानिसमा मधुमेहको रोग रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?