Comments Add Comment

भोलिदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द, निजी सवारीलाई नरोकिने

९ चैत, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने निजी सवारीलाई नरोक्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गरेको सम्बोधनमा चैत १० गतेबाट लामो दूरीका सबै किसिमका यात्रुबहाक सवारीलाई रोक्ने घोषणा गरेका थिए ।

यसलाई स्पष्ट गर्दै प्रधानमन्त्री कार्यालयले लामो दूरीमा यात्रा गर्ने यात्रुबाहक निजी सवारीलाई नरोक्ने बताएको छ । यसअघि यातायात व्यवस्था विभागले लामो दूरीमा कार र मोटरसाइकलमा पनि यात्रा गर्न नपाइने भनेको थियो ।

प्रधानमन्त्रीको घोषणालाई ब्याख्या गर्दै प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरसको संक्रमण रोकथाम लागि बनेको उच्च स्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले लामो दूरीका यात्रु बोक्ने सार्वजनिक सवारी मात्रै रोकिने बताए ।

उनले एम्बुलेन्स सहित अत्यावश्यक सेवामा सार्वजनिक सवारी पनि चलिरहने जानकारी दिए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने गरी सार्वजनिक सवारी रोकिने बताउँछन् ।

उपत्यकाको नाकाहरुबाट जान र आउन नपाउने गरी सार्वजनिक यातायातका साधन बन्द हुने उनको भनाइ छ ।

विभागले अझै यसबारे स्पष्ट गरेर सूचना जारी गरेको छैन । जसले गर्दा यात्रु अलमलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment