+
+
Shares

आजदेखि खोलिएको ग्यासको खुद्रा आउटलेटमा उपभोक्ताको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ९ गते १५:३६

९ चैत, काठमाडौं । आयल निगम र एलपी ग्यास उद्योग संघले आइतबारबाट सुरु गरेको खाना पकाउने ग्यासको खुद्रा आउटलेटमा उपभोक्ताको भीड लागेको छ ।

आइतबार बिहान १० बजेबाट उपत्याकामा सञ्चालनमा आएको १७ वटा ग्यास कम्पनीको उक्त आउटलेटमा ग्यासको सिलिन्डर लिन उल्लेख्य मात्रामा उपभोक्ता आएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

दिउँसो दुई बजेसम्म नेपाल ग्यासको अनामनगर डिपोबाट २ सय ४० वटा सिलिन्डर बिक्री भईसकेको छ भने ४७ सिलिण्डर लाईनमा छ ।

उक्त डिपोका लागि ८० सिलिन्डर ग्यास उद्योगबाट ल्याइँदै गरिएको निगमले जनाएको छ । सिफलबाट  सुगमको ६३, एभरेष्टको १३४ सिलिण्डर ग्यास बिक्रि भईसकेको छ ।

सुगम र एभरेष्टले अझै ५०५०/वटा सिलिन्डरका दरले बिक्री गर्न मोज्दात रहे पनि ग्राहक लाईनमा नभएको निगम र ग्यास उद्योगीको संयुक्त अनुगमन टोलीले जनाएको छ ।

अति आवश्यक उपभोक्ताका लागि थलिएको ग्यास वितरण निकै प्रभावकारी भएको आईतबारको बजार निरिक्षणमा निस्किएका नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईले बताए ।

काठमाडौं, भक्तपुर र ललितपुरका १७ स्थानबट विभिन्न बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २२ वटा ब्राण्डका ग्यास वितरण भईरहेको भट्टराईले जानकारी दिए ।

यस्ता रिटेल आउटलेटमा उपभोक्ताले रित्तो ल्याएका सिलिण्डरको सट्टमा भरिएकै सिलिण्डर पठाइने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?