+
+
Shares

मंगलबारबाट गड्डा चौकी नाका बन्द हुने

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ चैत ९ गते १६:२३

९ चैत, धनगढी । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डा चौकी नाका पनि बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबारबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरु कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् । तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबार बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।

‘आवश्यकता महसुस गरेर नाकामा आवत जावत बन्द गर्ने निर्णय गरेका छौं’ प्रजिअ खतिवडाले भने ‘मानिसहरूको चलह पहल शून्य गराउन यस्तो गरिएको हो ।’

यस्तै आइतबार मध्यरातिबाट जिल्लामा सबै पसल, उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरेको छ । दैनिक उपभोग्य सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ, उद्धार तथा राहतको कार्यमा संलग्न यातायात भने खुला हुनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?