Comments Add Comment

विद्युतीय कारोबार गर्न राष्ट्र बैंकको आग्रह, आरटीजीएस कारोबारमा शुल्क नलाग्ने

९ चैत, काठमाडौं । नगद कारोबारका सट्टा विद्युतिय कारोबार गर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कामू कार्यकारी निर्देशक सुभाषचन्द्र घिमिरेले आइतबार एक सूचना जारी गर्दै छिटो, छरितो र सुरक्षित हुनका लागि विद्युतीय कारोबार गर्न आग्रह गरेका हुन् ।

उनले बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदान गर्ने संस्थाहरुको समेत विद्युतीय भुक्तानीको कारोबारमा कुनै पनि शुल्क नलाग्ने भन्दै यसको उपयोग गर्न आग्रह गरे ।

उनका अनुसार आइतबारदेखि आरटीजीएस कारोबारमा समेत शुल्न नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण न्यूनिकरण गर्ने उद्देश्यले आरटीजीएस सेवा निःशुल्क गर्ने निर्णय भएको घिमिरेले जानकारी दिए ।

आफ्नो बैंक खाताबाट ठूलो परिमाणमा पैसा निकाल्नुपर्दा चेक काट्नु पर्ने र बैंकसम्म पुग्नुपर्ने बाध्यता हटाउनका लागि राष्ट्र बैंकले रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) सुरु गरेको थियो । यो सेवा लिनका लागि भने केहि शुल्क लाग्ने गरेको थियो ।

आरटीजीएस एक प्रकारको आधुनिक भुक्तानी प्रणाली हो । चेक नकाटी ठूलो रकम स्थानान्तरण गर्न सकिने, कारोबार हुनासाथ अर्को खातामा पैसा जम्मा हुने लगायत विभिन्न सुविधा यसमा हुन्छन् ।

यो प्रणालीको माध्यमबाट घरबाटै पनि कारोबार गर्न सकिने छ । अहिले इन्टरनेट बैंकिङबाट पनि घरमै बसेर कारोबार गर्न सकिन्छ भने अर्को खातामा पैसा ट्रान्फर गरिन्छ । यो सिस्टमले इन्टरनेट बैंकिङ भन्दा चाडो रकम जम्मा गर्ने गर्दछ ।

राष्ट्र बैंकले केहि समय अघि २ लाख रुपैयाँ भन्दा माथिको कारोबारमा आरटीजीएस सुविधा दिन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment