Comments Add Comment

बलिउडकर्मीको विवाह किस्सा : कतै ८० किलोको केक, कतै आकासबाट पृष्पवृष्टि

यसपाली नेपाली सेलिब्रेटीका विवाह चर्चाले माहौल रंगीन बनाइरह्यो । खासगरी नेपाली कलाकर्मीले आफ्नो विवाहमा अपनाएको शैली र लगाएको पहिरनमा आफ्नोपनभन्दा बढी बलिउड र हिन्दी धारावहिकको प्रभाव देखिए । कसैले विवाहअघि तामझामसाथ मनाएको व्याचर्लर पाटी त कसैले विवाहमा लगाएको लेहेंगाले सानोतिनो हल्लीखल्ली नै मच्यायो ।

त्यसो त बलिउडकर्मीको विवाहसँग पनि यस्ता अनेक किस्साहरु जोडिएका छन् । जस्तो कि, अभिनेत्री शिल्पा सेट्टीले आफ्नो विवाहमा भारु पाँच लाख रुपैयाँको लेहेंगा लगाएकी थिइन् । शिल्पाको विवाह सन् २००९ मा भएको थियो, राज कुन्द्रासँग । उनको ज्वेलरी मात्र भारु ३ करोड रुपैयाँको थियो । अझ रोचक कुरा, उनीहरुको बिवाहमा राज र शिल्पाले ८० किलोको केक काटेका थिए, जो नौ तहको थियो ।

अभिनेता विवेक ओवराय र सलमान खानबीच अहिलेपनि दुश्मनी छ । यो दुश्मनीको मियो बनिन्, ऐश्वर्य राय । सलमानसँग ब्रेकअप भएपछि ऐश्वर्यलाई विवेकले साथ दिएका थिए । त्यसबेला के पनि हल्ला फैलिएको थियो भने, विवेक र ऐश्वर्यवीच अफेयर छ । तर, यो कुरालाई ऐश्वर्यले सधै अस्विकार गर्दै आइन् ।

यो प्रशंग यही थाँती राखौं । किनभने विवेकले सन्  २०१० मा प्रियंका अल्वासँग विवाह गरे । उनीहरुको विवाह बेलगुरुको पाँचतारे होटलमा भव्यतासाथ भयो ।

उनीहरुको बिवाहको नौलो बिशेषता थियो, वेडिङ कार्ड । एक कार्डको मूल्य करिब भारु ७ हजार रुपैयाँ थियो, जो हातले बनाइएको थियो । साथै एकदमै वातावरणमैत्री थियो । त्यसलाई एक ज्वेलरी बक्समा राखिएको थियो । बक्समा कार्डसँगै पेन्टिङ, चकलेट र कार पार्किङको पास राखिएको थियो ।

अब प्रसंग जोडौं ऐश्वर्य रायको । ऐश्वर्यले अमिताभ बच्चन पुत्र अभिषेकसँग विवाह गरे । अभिषेकको विवाहको अफ्नै कथाव्यथा छ । कुनैबेला उनी करिष्मा कपूरसँग विवाह गर्न ठिक्क परेका थिए । उनीहरुवीच इंगेजमेन्ट समेत भएको थियो । पछि विवाह हुन सकेन । तर, अभिषेकसँग अभिनेत्री ऐश्वर्य रायको विवाह भयो । उनीहरुको बिवाह यति धुमधाम भएको थियो कि, त्यसलाई लाखौंले टेलिभिजनमार्फत प्रत्यक्ष हेरेका थिए ।

उनीहरुको रिपेश्सनमा करिब ५ सय आगन्तुक सामेल भएका थिए । त्यस क्रममा आकासबाट फूल बर्षाउनका लागि हेलिकप्टर हायर गरिएको थियो । उनीहरुको बिवाहको किस्सा त यो छ कि, ऐश्वर्यको मांगलिक दोष मेटाउनका लागि अभिषेकभन्दा अघि उनको पीपलको रुखसँग बिवाह गराइएको थियो ।

अभिनेता सुनिल सेट्टीको कुरा पनि रमाइलो छ ।  फिल्मी करियरलाई बिट मारेर व्यपार व्यवसायमा हात हालेका सुनिलको लक्जरी लाइफस्टाइलले बेलाबखत चर्चा पाउने गर्छ ।

आज उनले ५६ औं जन्मदिन मनाउँदैछन् । बर्थ डे ब्वाईको बिवाहको किस्सा रोचक छ । १९९१ म सुनिलले माना कादरीसँग बिवाह गरेका थिए । बिवाहमा उनले मानालाई एक बीएमडब्ल्यु कार उपहार दिएका थिए । त्यस कारको पछाडि उनले बिएमडब्ल्युको पूर्ण वाक्य बनाएर देखाएका थिए, बि माइ वाइफ (बिएमडब्ल्यु) ।

अनुराग कश्यप र कल्की कोअलिनको बिवाह २०११ मा भएको थियो । उनीहरुको बिवाह धुम धडका भएन । यद्यपी बिवाहको रोचक किस्सा त यो छ कि उनीहरुले १ सय बर्ष पुरानो रुखको मुनी सात फेरो लिएका थिए । भनिहालौ, बाल्यकालमा कल्की त्यही रुखमा खेल्थिन् । अहिले दुबै अलग भइसकेका छन् ।

ऋषि कपुर र नीतु सिंहको बिवाह १९८० मा भएको थियो । त्यस बिवाहलाई उक्त समयमा बलिउडकै सबैभन्दा ग्रान्ड बिवाह मानिएको थियो । बिवाहको कार्यक्रम आरके स्टुडियोमा चलेको थियो, लगातार २० दिनसम्म । बिवाहको रिसेप्सन पनि स्टुडियोमा भएको थियो । उनीहरुको बिवाहमा नुरसत फतेह अली खानले प्रस्तुती दिएका थिए । त्यही प्रस्तुतीपछि नुरसतलाई बलिउडमा गाउने अवसर मिलेको थियो र फेमस भएका थिए ।

सैफ अलि खानकी आमाबुवा शर्मिला टैंगोर र मंसुर अली खानको बिवाह १९६९ मा भएको थियो । उनीहरुको बिवाहमा प्रख्यात निर्देशक सत्याजीत रेले गिफ्ट दिएका थिए । उनले सर्मिलालाई फिल्म आपुर संसारको १६ एमएमको प्रिन्ट दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment