+
+
Shares

‘ए मेरो हजुर ४’को युरोपमा छायांकन नहुने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १३:११

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन युरोपमा नहुने भएको छ । पोखरा, काठमाण्डौपछि चलचित्रको छायांकन युरोपमा गर्ने तयारीमा यसको निर्माणपक्ष थियो ।

तर, विश्व बजारमा कोरोनाको सन्त्रास बढेपछि यसको छायांकन युरोपमा नहुने भएको छ । अहिले यो चलचित्रको नेपालमा छायांकन पनि रोकिएको छ ।

युरोपको नेदरल्याण्डमा फुल फुल्ने मौसममा चलचित्रको छायांकन गर्ने योजनामा यसको निर्माणपक्ष थियो । एक महिनापछि युरोप पुगेर चलचित्रको छायांकन गर्ने तयारीमा रहेकी निर्देशक झरना थापा अब नेपालकै रमणीय स्थानमा चलचित्रको छायांकन गर्ने तयारीमा छिन ।

तर, चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ भन्ने यकिन छैन । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत अभिनित यो चलचित्रलाई आउँदो बर्षको दशैमा रिलिज गर्ने योजना निर्माता सुनिलकुमार थापाको छ । तर, चलचित्रको छायांकन सुरु नै कहिले हुन्छ पक्का भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?