+
+
Shares

बिक्नै छाड्यो कालिमाटीको तरकारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १० गते १८:००

१० चैत, काठमाडौं । कोरोना संक्रमणको त्रासका कारण काठमाडौंको कालीमाटी तरकारी बजारमा ग्राहक घटेका छन् ।

उपत्यका सुनसान बनेपछि व्यापारी तथा ग्राहकहरु कालीमाटी तरकारी बजारमा फाटफुट मात्र पुगेका छन् ।

आइतबारको तुलनामा सोमबार थोरै व्यापारी मात्र तरकारी किन्न आएका कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

उनले भने, ‘कोनोराको डरले सर्वसाधरणले उपत्यका छाडेका छन् । तरकारी थोरै मात्र बिक्री हुन थालेपछि व्यापारीहरु तरकारी लिन आउन कमी भएको हो ।’

सोमबारमात्रै कालीमाटी बजारमा ५ सय टन तरकारी आएको छ । आइतबार भने ८ सय टन तरकारी आएको थियो । व्यापारी नआएपछि तरकारी कालिमाटीमै थन्किन थालेको छ ।

चाबहिलका तरकारी व्यापारी रमेश उप्रेती तरकारी बिक्री हुनै छाडेकाले आफूले पनि किन्न छाडेको बताउँछन् । ‘हिजो अस्ति यहाँ तरकारी किन्नेको भीड थियो बजार सुनसान भइसक्यो । मान्छे आउन छोडिसक्यो । भएको तरकारी पनि बिक्री नभएर बिग्रेला भन्ने डर छ’ उनले भने ।

कोरोना भाइरसको त्रासका कारण ब्यापारीहरु पनि तरकारी लिन जान डराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?