Comments Add Comment

रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानिटाइजर निःशुल्क

१० चैत, काठमाडौं । मोबाइल एप रिचार्जरलेे एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्कतथा स्यानीटाइजर निःशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टाभित्र काठमाडौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ ।

‘कोरोना भाइरस -कोभिड १९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ । यो अवस्थामा हामीले सर्वसाधारणको आवश्यक्ता पुरा गराउन का लागि यस्तो अभियान चलाएका हौं’ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने ।

बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतीय उपकरण खरिद गर्दा निःशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ ।

मोबाइल फोन, टेलिभिजन, ल्यापटप लगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र स्यानिटाइजर निशुल्क पाउने छन् । यसका साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल एप बाट नै रकम भुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ । किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शुन्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने छन् ।

विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंकिंग, विद्युतीय भुक्तानी सेवा प्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामान खरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्छन् ।

गूगलप्ले तथाएप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउण्ट खोल्दा १०० क्यास प्वाइन्ट पाउछन् । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुलभुक्तानीमापनिपाइने क्यास प्वाइन्टलाई छुटका रुपमाप्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment