Comments Add Comment

के कोरोनाका लागि १० सेकेण्डको ‘सेल्फ चेक’ सही छ ?

कोरोनाका लागि दश सेकेण्डको ‘सेल्फ चेक’ सही हो कि गलत ? हालै मात्र भाइरल भएको कोरोना भाइरसमा ‘सरल स्वः जाँच परीक्षण’ का बारेमा विशेषज्ञहरुको भनाइ के आयो भने यो कार्य पुरै तरिकाले गलत छ । आईफोन नोट्स एपले के कुरा पत्ता लगाउँछ भने के मानिसहरुसंग केवल १० सेकेण्डभन्दा बढि समयसम्म सास लिनाले कोरोना भाइरस हुनसक्छ कि सक्दैन ?

परीक्षण टेस्टको दावी के छ भने यदि कसैले खोकि बिना नै आफ्नो सासलाई १० सेकेण्डसम्म रोकेर राख्न सक्छ भने उनीहरुलाई कोरोना भाइरसको संक्रमण छैन ।

पछिल्लो हप्ता ट्वीटर, फेसबुक तथा ईमेलमार्फत सार्वजनिक भएको उक्त पोस्टमा स्टेनफोर्ड हस्पिटल बोर्डका एक सदस्यलाई गलत तरिकाले श्रेय दिइएको थियो । स्टेनफोर्ड हेल्थ केयरका प्रवक्ता लिसा किमले सीएनएनलाई भनेकी छिन्—‘डर अथवा हल्ला फैलाउने खालको उक्त पोस्टमा स्टेनफोर्ड मेडिसिनसंग कुनै सम्बन्ध छैन र त्यसमा दिइएको जानकारी पनि गलत छ ।’

के अस्पतालका सबै सतहहरुलाई कीटाणुशोधनको आवश्यकता हुन्छ ?

अमेरिकन हस्पिटल एसोसिएशनले के भनेको छ भने जब लगातार महत्वका साथ सरसफाइ भैरहन्छ भने अस्पतालहरुका हाइ–टच (धेरै छोइने) सतहहरु जस्तै इन–रुम फोन, टेलिभिजन÷नर्स कल, लाइट स्विच, डोरिहरु, ढोकाको हेन्डल, दराज, ओछ्यान र ट्रे–टेबललाई विशेष ध्यान दिनु पर्छ ।’

के कोरोना संक्रमणका लागि क्लोरोक्वीन अति आवश्यक छ ?

पुरानो जेनेरिक मलेरियाको औषधि हाइड्रोक्सीक्लोरोक्वाइन (प्लाक्वेनिल, सफोनी–एभेन्टिस, अन्यका बीच), जसको उपयोग घुँडाको जोर्नी दुखाइका लागि पनि गरिन्छ, कोभिड–१९ का लागि एउटा आवश्यक उपचार हुन सक्ने अनुसन्धानबाट प्रमाणित भएको छ ।

मार्सिलेमा आईएचयू मेडिटेरेन संक्रमणका प्रोफेसर डिडिएर राउल्टसहित  केही मानिसहरुद्वारा अघि सारिएको उक्त कुरालाई अन्य स्थापित संक्रामक रोग विशेषज्ञहरुले गलत घोषित गरिदिए र हालै मात्र स्वास्थ मन्त्रालयद्वारा गलत समाचारको रुपमा यसलाई खण्डन समेत गरियो ।

त्यही पनि यसलाई २४ जना रोगीहरुमा प्रयोग गरियो र प्रोफेसर राउल्टद्वारा यूट्युबमा प्रस्तुतिसहित जारी गरियो ।

पेइचिङ यूनिभर्सिटि थर्ड हस्पिटल, बेइजिङ, चीनबाट जूईटिङ याओको नेतृत्वमा एउटा चीनिया“ समुहद्वारा संक्रमण रोगलाई एउटा उपचारयोग्य रोग भनेर एउटा क्लिनिकल जर्नलद्वारा अनलाइन प्रकाशित गरिएको थियो ।

यसबाहेक क्लोरोक्वीनलाई चार उपचारहरुमा विभाजन गरिएन । यसलाई हालै मात्र प्रारम्भ भएको यूरोपेली क्लिकल टेस्टको रुपमा चलाइरहिएको छ, जसमा चीनका ३२ सय गम्भिर बिरामी तथा ८ सय फ्रान्सेली बिरामीहरु सहभागि छन् ।

संक्रमित रोगिहरुमा सामान्यस्तरमा अन्य औषधिहरुको साथमा क्लोरोक्वीनलाई रद्द गरिएको थियो, किनभने यसले रिकभर गर्ने विरामीहरुमा प्रभाव देखाउन सकिरहेको थिएन ।

जीवाणुनाशक साबुनको एक मात्रा फाइदा के छ ?

त्यसलाई अरु कसैले प्रयोग गर्न सक्दैन ।

के शरीरमा भिटामिन–सी हुनु अनिवार्य छ ?

छैन । सर्दी र फ्लूमा भिटामिन–सीले लगातार लाभ देखाउ“दैनन् । त्यसो त कोरोना भाइरसलाई रोक्नका लागि जिंक, ग्रीन टी तथा इचिनेशिया जस्ता भिटामिन–सी सप्लिमेन्टहरु फायदाजनक छन् भन्ने कुराको पनि कुनै प्रमाण छैन ।

के सबैले मास्क लगाउनु पर्छ ?

पर्दैन, ती व्यक्तिहरु जे स्वस्थ छन् र जसमा कोरोनाको लक्षण पनि छैन, उनीहरुलाई हामी मास्क लगाउने सल्लाह दिंदैनौं र उनीहरुले मास्क लगाउनु पर्ने कुनै आवश्यकता पनि छैन । तर, अस्पतालका कर्मचारीहरु त्था संक्रमित रोगिहरुको हेरचाह गर्ने व्यक्तिका लागि भने मास्क अनिवार्य छ ।

सर्जिकल मास्कको उदेश्य भाइरल संक्रमण हुनबाट रोक्नु होइन, किनभने तीनमा अधिकांश मास्कहरु निकै खुकुला हुन्छन् । ती मास्कहरु बिरामीहरुलाई महत्वपूर्ण हुन्छन्, आम व्यक्तिहरुका लागि होइन ।

के लिफ्टको बटन तथा बिजुलीका पोल जस्ता सामान्य सतहरुमा छुँदा ग्लोब (पञ्जा) लगाउनु पर्छ ?

शायद, लगाउनु पर्ने हुनसक्छ । ग्लोब लगाउनु भनेको भाइरसलाई फैलनबाट रोक्नका लागि प्रभावकारी हुन सक्दैन, किनभने ग्लोबहरु स्वयं नै दुषित हुन पुग्छन् । त्यसैले साधारण तरिकाले साबुन पानीले हात धुनु नै सबैभन्दा प्रभावकारी कदम हुनेछ ।

फ्लूविरुद्ध खोप लगाउनु पर्छ ?

हजुर, लगाउन सक्नु हुनेछ, तर कोरोना भाइरसका लागि भने होइन । सामान्य रुपले राम्रो स्वास्थ कायम राख्नका लागि फ्लूको खोप प्रभावकारी नै मानिन्छ ।

के टोसीलिजुमाब कोरोनाको नयाँ औषधि हो ?

चीनले गम्भिर स्थितिहरुमा केही कोरोना भाइरसका बिरामीहरुको उपचारका लागि एउटा रोच होल्डिङ एजी (जोर्नी दुखाइको औषधि) को प्रयोग गरिरहेको छ ।

टोसीलिजुमाब, एउटा प्रतिष्ठित स्विस फार्माद्वारा विक्रि गरिने औषधि हो । कोरोना भाइरसले बिरामीहरुको फोक्सोलाई गम्भिर हानी पु¥याउ“छ र इन्टरलेयुकिन ६ को उच्च स्तरमा देखाउ“छ, जुन सूजन अथवा रोग प्रतिरोधि क्षमता सम्बन्धि बिरामीहरुको संकेत दिन सक्छ । रोचेका अनुसार एक्टेम्रा, इन्टरलेयुकिन ६ संग सम्बन्धित सूजनलाई रोक्नका लागि सहयोगी सावित हुन सक्छ ।

के घरमा बसेर म कुनै प्रकारको नजरबन्दी हुँ ?

होइन । तर होम क्वारेन्टाइन (घरमा बस्नु) अथवा घरमा स्वयंलाई नजरबन्द गर्ने व्यक्तिहरुका लागि केही निर्देशनहरु छन्, ती पालना गर्नु पर्छ ः

—एउटा त्यस्तो कोठामा मात्र बस्नु पर्छ, जहा“ अलग तथा एकल शौचालयका साथ–साथै हावा आउने–जाने बाटो पनि होस् । यदि परिवारका कुनै पनि अन्य सदस्यलाई पनि एउटै कोठामा बस्नु छ भने दुबै व्यक्तिहरुबीच कम्तिमा एक मिटरको दुरी राख्नु उचित हुनेछ ।

—वृद्ध–वृद्धा, गर्भवती महिलाहरु, बालबालिकाहरु त्था घर भित्र कुनै पनि प्रकारका रोगीहरु व्यक्तिहरुबाट टाडै बस्नु पर्छ ।

—घर भित्र बाहिरका मान्छेहरुको आउने–जाने क्रमलाई रोक्नु पर्छ ।

—कुनै पनि परिस्थितिमा कुनै पनि सामाजिक-धार्मिक सभा, वैवाहिक समारोह, शोक सभा आदिमा भाग लिनु हुँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment