Comments Add Comment

कोरोना कोषमा एक महिनाको पारिश्रमिक दिने उपराष्ट्रपतिको निर्णय

सरकारको प्रयासमा पूर्ण साथ दिन उपराष्ट्रपति पुनको अपिल

११ चैत, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।

नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

उपराष्ट्रपति पुनले नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको प्रयासमा पूर्ण साथ दिन सबै नेपालीमा अपिलसमेत गरेका छन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने निर्णय गरेकी थिइन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो । सो कोषमा सरकारका मन्त्रीहरुले एक-एक महिनाको तलब जम्मा गरेर सुरुआत गरेका थिए ।

यो पनि पढ्नुहोस कोरोना कोषलाई नेकपा सांसद्को १५ दिनको तलब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment