+
+
Shares

रामेछापमा एक हप्ताको लागि निषेधाज्ञा जारी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १२:१८

११ चैत, रामेछाप । नोवेल कोरोना भाइरस कोडिभ-१९ को संक्रमणबाट सर्वसाधारणलाई जोगाउन स्थानीय प्रशासनले रामेछाप जिल्लामा एक हप्ताको लागि निषेधाज्ञा जारी गरकोे छ ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक सूचना जारी गरी संघिय सरकारको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजे सम्म निषेधाज्ञा जारी गरेकी हुन् ।

प्रशासनले निषेधाज्ञाको समयमा औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

यस्तै अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारी साधन संचालनमा पनि पूर्ण रुपमा रोक लगाएको छ ।

जारी निषेधाज्ञामा स्वास्थ्य, सुरक्षा, खाद्य वस्तु, खानेपानी, दूध, विद्युत, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बेलामा तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखलाई विदा दिन भनिएको छ ।

यस्तै व्यवसायीहरुलाई अनुमति लिएर मात्रै औषधि र औषधिजन्य सामाग्रीहरुको आपूर्तिको व्यवस्था गर्न भनिएको छ । यदि कसैले निषेधाज्ञाको अवहेलना गरे वा काममा बाधा पुर्‍याए त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

स्थानीय प्रशासनले निशेषधाज्ञा जारी गर्दा पनि सर्वसाधारणले त्यसलाई टेरी रहेका छैनन् । सर्वसाधारणहरु विना काम सडकको चोकमा जम्मा भएर राज्यको आदेशलाई अटेर गरे जस्तो गरेको स्थानीय व्यवसायी जगन्नाथ दाहाले बताए ।

राज्यले यो काम नागरिकको सुरक्षाको लागि गरेकोले आदेश अटेर गर्ने वा खिल्ली उडाउने कार्यले नागरिकलाई नै हानी हुने नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले बताए । उनले यो संकटमा सबैलाई अनुशासित हुनसमेत आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?