+
+
Shares

‘लक डाउन’ पार गर्दै काकडभिट्टा नाकाबाट २२ जना पोखरामा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १४:४१

१० चैत, पोखरा । भारतबाट २२ जना यात्रु लिएर काकडभिट्टा नाका हुँदै एउटा बस पोखरातर्फ आएको छ ।

पोखराको शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्सको ग १ ख ९०१८ नम्बरको बस काँकडभिट्टाबाट मंगलबार पोखरातर्फ आएको हो ।

मंगलबार देशभरि नै ‘लक डाउन’ हुँदा बसका यात्रुले धेरै ठाउँमा चेकिङ पार गर्दै आएको बताएका छन् । गण्डकी प्रदेश सरकारले सोमबारदेखि नै प्रदेशको नाका बन्द गर्ने निर्णय गरेको थियो, तर उक्त बसका यात्रुलाई प्रदेशको प्रवेशविन्दू मुग्लिनमा स्वास्थ्य जाँच गरी पोखरा पठाइएको तनहुँका प्रहरी प्रमुख एसपी विनोद सिलवालले जानकारी दिए ।

केही कर्मचारी र विद्यार्थी पोखरा आएको र कुन जिल्ला पुग्ने हुन् त्यही जिल्लामा क्वारेन्टाइनमा बस्न लगाइने गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले जानकारी दिए ।

‘मुग्लिनमा सम्पर्क गरेर पोखरा पठाउन भन्यौं । पोखरा आइसकेपछि कुन जिल्लाका हुन्, त्यही जिल्लामा क्वारेन्टाइनमा बस्ने गरी पठाउँछौं,’ प्रमुख सचिव बस्यालले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?