Comments Add Comment

हाेम क्वारेन्टाइनमा प्रमाेदः संगीत सिर्जनामै व्यस्त

कोरोनाको त्रासका कारण गायक प्रमोद खरेल सेल्फ आइसोलेशनमा बस्दै आएका छन् । ४ दिनदेखि उनी घर बाहिर निस्किएका छैनन् ।

आफ्नो व्यस्त समयका कारण घरमा समय दिन नपाएक प्रमोदले आहिले आफ्नो परिवारलाई समय दिइरेहका छन् । ८ वर्षिय छोरासँग भुलिरहेका छन्, प्रमोद । उनी भन्छन्, ‘व्यस्त समयले परिवारलाई समय दिन पाइएको थिएन । अहिले त परिवारको लागि समय पाएको छु जस्तो लाग्छ । त्यसैले परिवारसँग नै रमाइहेको छु ।’

प्रमोदले अहिले मिलेको फुर्सदलाई नयाँ सृजनामा खर्च गरिरेहका छन् । केही नयाँ शब्द र नयाँ धुन सोचेर नै उनले आफ्नो दिन बिताइरहेका छन् । प्रमोद भन्छन्, ‘यहीँ क्षेत्रको भएर हो कि, नयाँ शब्द तथा धुन सोचेर नै दिन बित्छ ।’

प्रमोद गीतको अभ्यास पनि गरिरहेका हुन्छन् । आफ्नो स्वरलाई लयमा राख्नको लागि पनि गीतको अभ्यासमा लागिरहेका हुन्छन्, प्रमोद । उनले भने, ‘गीतको अभ्यास त छोड्नै भएन । निरन्तर अभ्यास त गरिरहेको नै हुन्छु ।’

सबैभन्दा बढि स्टेज कार्यक्रममा पुग्ने प्रमोद अहिले घरभित्र नै थुनिएका छन् । संसार नै कोरोनाबाट त्रसित भइरहेको समय आफू सतर्क र सुरक्षित रहनको लागि पनि उनले घरबाट बाहिर निस्किने आट गर्न सकेका छैनन् ।

प्रमोदले आइसोलेशनमा बस्दै गर्दा नै एक गीतमा आवाज दिएका छन् । ‘ब्रेक द चेन’ बोलको गीत उनले आइसोलेशनमा बस्दा बस्दै तयार पारेका हुन् । गीतमा एक-अर्कालाई माया गरौँ र माहामारीबाट बचौँ र बचाउँ भन्ने सन्देश दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment