Comments Add Comment

स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान

११ चैत, काठमाडौं । सरकारले कोरोना संक्रमणको उपचारमा चाहिने स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले स्थानीय बजारमा उपलब्ध नभएका स्वास्थ्य उपकरण आपूर्ति गर्न निजी क्षेत्रलाई आह्वान गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘निश्चित दिनभित्र त्यस्ता उपकरण ल्याउन सक्नेहरुसँग समन्वय गरेर आपूर्ति सहज गर्ने निर्णय भएको छ ।’

सरकारले आफ्नो प्रक्रियाबाट उपकरण ल्याउन केही समय लाग्ने उनले बताए ।

अहिले चिकित्सकहरुले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्कलगायत सुरक्षा उपकरण नपाउँदा कोरोनाको शंकास्पद विरामीसमेत जाँच्न नसक्ने अवस्था छ । सरकारले पीपीई भएको बताए पनि चिकित्सकले अहिलेसम्म पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment