+
+
Shares

पोखरा सुनसान

युनिस गुरुङ युनिस गुरुङ
२०७६ चैत ११ गते १७:२५

११ चैत, पोखरा । नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।

सरकारको निर्णयसँगै गण्डकी प्रदेशको राजधानी पोखरा र आसपासका क्षेत्र सुनसान बनेको छ । सबैजसो पसल, व्यवसाय, उद्योग कलकारखाना सवारी साधान बन्द हुनुका साथै पैदलयात्रुको आउतजावत गर्न भएको छैन । तर सरकारको आदेशको उल्लंघन गर्दै चलाएको केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रण लिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले सरकारी आग्रह नमान्ने दुई सय जनाको सवारी साधनको चाबी नियन्त्रणमा लिएको बताए ।

पोखराको प्रमुख बजारहरु महेन्द्रपुल, पृथ्वीचोक सुनसान भए पनि लेकसाइड क्षेत्रका केही किराना पसल खोलेका छन् । सर्वसाधारणलाई आउतजावत गर्न रोक लगाए पनि सडकमा केहि विदेशी पर्यटक आवतजावत गरेका छन् । तर प्राय पर्यटक झुमिरहने फेवा किनार भने सुनसान बनेको छ ।

जिल्ला प्रशासन कार्यालयले कास्कीले स्वास्थ्य सम्बन्धी, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?