+
+
Shares

अनुष्काको चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १९:०६

बलिउड नायिका अनुष्का शर्माले कोरोनाको त्राससँग जनावरको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेकी छिन । उनले, कोरोना भाइरस जनावरमा पनि फैलिएको खबर सार्वजनिक भएसँगै मानिसहरुले जनावरलाई सडकमा छोडन थालेको भन्दै चिन्ता जनाएकी हुन ।

तर, यो बिषयमा अहिलेसम्म बैज्ञानिक अनुसन्धान भएको छैन । मानिसहरुमा यस्तो खबर फैलिनुमा झुटा खबरलाई मुख्य कारण मान्न सकिन्छ ।

अनुष्काले सामाजिक संजालमा धारणा राख्दै भनेकी छिन–‘जनावर पाल्दै आउनुभएका सबैलाई म भन्न चाहन्छु कि यो संकटको समयमा उनीहरुलाई घर बाहिर नराख्नुहोस । कृपया, उनीहरुको हेरचाह गर्नुहोस र उनीहरुलाई पनि आफु जस्तै सुरक्षित राख्नुहोस । उनीहरुलाई बाटोमा अलपत्र पार्नु मानविय कार्य होइन ।’

अनुष्काको यो स्टाटसले सामाजिक चेतना फैलाउने काममा महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?