Comments Add Comment

बागमती प्रदेशले स्थापना गर्‍यो १० करोडको कोरोना राहत कोष

११ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले कोरोना भाइरस (कोभिड-१९) उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । कोषमा रकम जम्मा गर्न सरकारले सर्वसधारणलाई समेत आव्हान गरेको छ ।

यसैगरी मंगलबार नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment