+
+
Shares

अमेरिकाका विख्यात नाटककारको कोरोनाबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते ७:१०
पति टम किराडीसँग टेरेन्स मेक्नली (वायाँ) । उनीहरु समलिंगी हुन् ।

१२ चैत, काठमाडौं । अमेरिकाका विख्यात नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो ।

उनी ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका थिए ।

उनी समलंगी, क्यान्सर लगायतका कारण पनि चर्चित थिए । मेक्नलीको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट उनी जोगिँदै आएका थिए ।

यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उनी ८६ वर्षका थिए ।
कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?