+
+
Shares

झापामा कतारबाट आएका दुईसहित २१ जना क्वारेन्टाइनमा

प्रहरीले भन्यो – गाउँमा आएका नयाँ व्यक्तिको सूचना दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते ९:१०

१२ चैत, काठमाडौं । कारोना संक्रमण आशंकामा झापामा एक जनालाई आइसोलेसनमा राखिएको छ ।

भद्रपुर नगरपालिकाका ती व्यक्तिको मेची अञ्चल अस्पतालको क्वारेन्टाइनमा राखिएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय, झापाका जीवन चौंलागाइँका अनुसार जिल्लामा जम्मा २६ जना क्वारेन्टाइनमा राखिएका छन् ।

तीमध्ये मेचीनगर नगरपालिका मात्र २१ जना छन् । यो नगर नेपाल–भारत सीमा क्षेत्रमा पर्छ । जिल्ला भर ७७ जना होम क्वारेन्टाइनमा छन् भने ३ सय २१ वटा क्वारेन्टाइन बेड छन् ।

यसैबीच, जिल्ला प्रहरी कार्यालय, झापाले विगत १५ दिनदेखि विभिन्न मुलुकबाट आएका व्यक्तिको विवतरण दिन हरेक वडामा रहेका टोल विकास समाजलाई आग्रह गरेको छ ।

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई सूचना दिन अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘आफ्नै घरमा एकान्तवासमा बसिरहेकाहरुको अवस्थाबारे जानकराी लिन प्रहरीलाई सहयोग गर्नुहुन अनुरोध छ ।’

कोइरालाले कतिपयलाई विषयको गम्भीरता बुझाउन जरुरी रहेको बताउँदै आ–आफ्नो स्थानबाट योगदान गर्न भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?