१२ चैत, काठमाडौं । दक्षिण एसियाली देशहरू मध्ये नोवल कोरोना (कोभिड–१९) भाइरसको संक्रमण पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा संक्रमितको संख्या ९७२ जना पुगेको छ । उनीहरू मध्ये ५२ जना निको भइसकेका छन् । त्यहाँ गम्भीर बिरामीको संख्या भने ५ जना छन् ।
भारतमा ५६२, श्रीलंकामा १०२, अफगानिस्तानमा ७४, बंगलादेशमा ३९, माल्दिभ्समा १३, भुटान र नेपालमा दुई/दुई जनामा संक्रमित देखिएका थिए । नेपालका संक्रमित मध्येका एक जना निको भइसकेका छन् ।
कोरोनाबाट भारतमा सबैभन्दा धेरैको ज्यान गएको छ । बुधबार बिहानसम्म भारतमा ११, पाकिस्तानमा ७ र अफगानिस्तानमा एक जनाको मृत्यु भएको छ । संक्रमितको मृत्यु नहुने देशमा नेपाल, श्रीलंका, भुटान र माल्दिभ्स छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4