Comments Add Comment

मदन भण्डारी आँखा अस्पताललाई क्वारेनटाइन बनाउने निर्णय

१२ चैत, काठमाडौं । उदयपुरको मदन भण्डारी आँखा अस्पतालाई क्वारेनटाइन बनाउने निर्णय गरिएको छ । निर्माण सम्पन्न भइसकेपछि सञ्चालनमा आउन नसकेको आँखा अस्पताललाई क्वारेनटाइनमा बनाउने निर्णय गरिएको अस्पतालका अध्यक्ष भागवत राउतले जानकारी दिए ।

भवन निर्माणको काम सकिए पनि अस्पतालाई सञ्चालनमा ल्याउन अझै केहि समय लाग्ने भएकाले क्वारेनटाइनमा प्रयोग गर्ने निर्णय गरी प्रदेश सरकारलाई पत्राचार समेत गरिसकिएको अध्यक्ष राउतले जानकारी दिए ।

भवनको झ्यालमा आल्मुनियम हाल्न बाँकी रहेको र ३ दिनभित्रमा त्यो काम पनि सकिने उनले बताए ।

उनले त्यसलाई क्वारेनटाइन वा आइसोलेसन वार्ड समेत बनाउन सकिने बताए । नेत्र ज्योति संघ उदयपुरका सभापति समेत रहेका अध्यक्ष राउतका अनुसार तीन तले अस्पतालको भवनमा ४२ वटा कोटा छन् ।

आइसोलेसन बनाउने हो भने ५० जनासम्म बिरामी राखेर उपचार गर्न सकिने उनले बताए ।

‘यतिबेलो सबैको लक्ष्य महामारी अन्त्य गर्नु नै हो, त्यहिँ भएर सञ्चालक समितिले यस्तो निर्णय ग¥यो’ उनले भने, ‘हामीले निर्णय मूख्यमन्त्रीज्यूको कार्यालयमा पुर्याइसकेका छौं, अब यसलाई प्रदेश सरकारले प्रयोग गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment