Comments Add Comment

२० खर्ब डलरको आर्थिक सहायता प्याकेजको तयारीमा अमेरिका

काठमाडौं । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता प्रदान गर्न २० खर्ब डलरको सहायता कोष बनाउने तयारी गरेको छ ।

सहायता प्याकेजको विषयमा अमेरिकी संसद् सम्झौता नजिक पुगेको छ, जसमा अमेरिकी नागरिकहरुलाई प्रत्यक्ष भुक्तानी, साना व्यवसाय र हवाई सेवा प्रदायकलाई वित्तीय सहयोगको योजना ल्याइएको छ ।

कोरोना भाइरसको कारण अहिले अमेरिकाका धेरै शहर बन्द गरिएको छ । धेरै मानिसको रोजगारी खोसिएको छ । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्वका एक अधिकारीले अमेरिकामा बेरोजगारी ३० प्रतिशतसम्म पुग्नसक्ने बताइएको छ ।

यो सबैलाई मध्यनजर गर्दै शो साताको अन्तिमसम आर्थिक सहायता प्याकेजको प्रस्ताव पारित गर्ने सम्भावना छ । २० खर्बको आर्थिक सहायता प्याकेज अमेरिकाले ल्याउन लागेको अहिलेसम्मको सबैभन्दा ठूलो आर्थिक सहायता कार्यक्रम हो । यो आर्थिक सहायताको प्याकेज अमेरिकामा एक वर्षमा उठ्ने समग्र राजस्वको आधाभन्दा बढी हो ।

तर अमेरिकाको आर्थिक प्याकेजको विषयमा अझै पनि विस्तृत जानकारी भने दिइएको छैन ।

मार्चको शुरुमा अमेरिकाको संसद्ले कोभिड–१९ को परीक्षणका लागि ८ अर्ब ३० करोड डलरको आर्थिक सहायता योजना पारित गरेको थियो । गत मार्च १८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ खर्ब डलरको आर्थिक सहायता कोषको लागि हस्ताक्षर गरेका थिए । यसमा कोरोना भाइरसको व्यक्तिगत परीक्षण खर्च, ५०० वा सो भन्दा कम कर्मचारी भएका कम्पनीलाई दुई साताको बिरामि बिदा र कमजोर आम्दानी भएका परिवारलाई पौष्टिक सहायता लगायत कार्यक्रम समावेश गरिएको थियो ।

अमेरिका कोरोना भाइरसबाट तेस्रो सबैभन्दा प्रभावित हुने मुलुक हो । अहिलेसम्म अमेरिकामा यो भाइरसबाट संक्रमित हुनेको संख्या ५४ हजार ८८१ पुगेको छ । साथै यसबाट ७८२ जनाले ज्यान पनि गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment