Comments Add Comment

मकवानपुरमा लकडाउन तोड्ने १४ जना नियन्त्रणमा

१२ चैत्र, हेटौंडा । विश्वव्यारी रुपमा फैलिएको कोरोना भाइसरबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन अवज्ञा गर्दै हिड्ने र सवारी साधनलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

पहिलो दिन सामान्य रुपमा सम्झाउँदै छोडेको प्रहरीले दोश्रो दिनबाट नियन्णमा लिन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकका अनुसार अहिलेसम्म १४ जनालाई नियन्त्रणमा लिइएको छ ।

प्रहरीको आग्रहलाई अटेर गरी हिड्ने सवारी र मानिस दुवैलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरी निरीक्षक पाठकका अनुसार लकडाउन उल्लंघन गर्ने ८३ वटा मोटरसाइकल, एउटा सुमो, ४ वटा अटो नियन्त्रणमा लिइएको छ ।

बिहानको समयमा संक्रमणबाट बच्नका लागि सम्झाए पनि दिउँसोको समयमा अटेर गरी हिँडेकालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मंगलबारको लकडाउनमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल र प्रहरी प्रमुख सुशिलसिंह राठोरले लकडाउन पूर्ण कर्फ्यु नभएकाले समाउने र थुन्ने नीति नभएकोे बताएका थिए ।

संक्रमणबाट सुरक्षित रहनका लागि सहजीकरण गर्नेे तर नियन्त्रणमा लिने कुनै निर्देशन नरहेकोे बताए पनि बुधबारबाट अटेर गर्नेलाई नियन्त्रणमा लिन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment