+
+
Shares

घरमा बस्न अपिल गर्दै स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते १५:०७

नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत ५ दिनदेखि घरमै छन । सरकारले नेपालभर लक डाउन गरेपछि उनीहरु रमाइलो गर्दै समय बिताइरहेका छन ।

यसैविच, स्वस्तिमाले सार्वजनिक गरेको एक भिडियोमा उनीहरु एक अर्कासँग झगडा गरिरहेको देख्न सकिन्छ । तर, यो भिडियोलाई रमाइलोका लागि मात्र शेयर गरेको स्वस्तिमाले लेखेकी छिन ।

स्वस्तिमा लेख्छिन–‘जब तपाई एकसाथ ५ दिनदेखि घरमै हुनुहुन्छ, यस्तै हुन्छ(रमाइलो मात्र) । मेरो ग्यालरीबाट मैले यो कुरा शेयर गरे, किनकी यतिबेला मसँग केही गर्ने कुरा नै छैन । हामी सधै यस्तै हौं । आशा छ, तपाइहरु घरमै हुनुहुन्छ ।’

स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘चपली हाइट’को तेश्रो सिरिजको रिलिज मिति पनि स्थगित भएको छ । सरकारले एक साताका लागि लक डाउन गरेपछि कलाकारहरु फुर्सदिला बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?