Comments Add Comment

लकडाउनले दोस्रो अवसर दियो, यसको सदुपयोग गरौं : डब्ल्यूएचओ

१३ चैत, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामका लागि दोस्रो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयिससलेे बुधबार नियमित जानकारी दिने क्रममा अहिले गरिएको लकडाउनले एउटा अवसरको ढोका खुलेको बताए । यसको सदुपयोग गरी कोभिड-१९लाई नियन्त्रण गर्न उनले सुझाव दिएका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि प्रमुख ६ ओटा कदम चाल्नुपर्ने विश्व स्वास्थ्य संगठनको सुझाव छ ।

उनले हरेक मुलुकलाई आफ्नो स्वास्थ्य स्याहार र सार्वजनिक स्वास्थ्य जनशक्ति बढाउने, तालिम दिने र उनीहरुलाई खटाउन सुझाए । उपलब्ध प्रणालीको प्रयोग सबै शंकास्पद संक्रमित पहिचानको लागि गर्नुपर्ने उनको जोड छ । साथै परीक्षणको उत्पादन, क्षमता र उपलब्धता बढाउनु पनि महत्वपूर्ण रहेको गुथ्रेसले बताएका छन् ।

बिरामीको उपचार तथा आइसोलेशनमा राख्न आवश्यक सबै किसिमको सुविधाको व्यवस्था गर्ने, स्पष्ट योजना बनाउने र सबै सरकार कोभिड-१९ लाई रोक्न लागि पर्नुपर्ने उनले बताए ।

यी कदम नै भाइरसको नियन्त्रणका लागि सबैभन्दा राम्रो योजना भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

अहिलेसम्म चीनभन्दा बाहिर मात्र कोरोना भाइरसको संक्रमण ३ लाख ५० हजार नाघिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment