१३ चैत, धनगढी । कोरोना संक्रमित युवती आएकै विमानमार्फत नेपाल आएका धनगढीका एक युवक र उनका भाइलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ।
दाजुभाइको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि आइसोलेनमा राखिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए । जोशीका अनुसार, उनको नमूना संकलन गरेर काठमाडौं पठाउने तयारी गरिएको छ ।
उनी चैत ४ गते फ्रान्सबाट कतारवेजमा नेपाल आएका थिए ।
उनी आएको जहाजबाटै नेपाल आएकी युवतीमा कोरोनाको संक्रमण भेटिएपछि सो जहाजबाट नेपाल आएका सम्पूर्ण यात्रुको खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4