Comments Add Comment

२० वर्ष लागे जाडोन सान्चो, यो उमेरमा अन्य इंग्लिस खेलाडी कस्ता थिए ?

२० वर्ष लाग्नु अघि तपाईंले के गर्नुभयो?

१३ चैत, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट फुटबल खेल्ने इंग्लिस युवा स्टार जाडोन सान्चो २५ मार्चमा २० वर्ष लागेका छन् । विंगर सान्चोजले टीनएजमै उत्कृष्ट प्रदर्शन गरेर सबैको मन जितेका छन् ।

सान्चो वर्तमान विश्व फुटबलमा एक उत्कृष्ट युवा क्षमतावान खेलाडी हुन् । सन् २०१७ मा उनी इंग्लिस क्लब म्यानचेष्टर सिटी छाडेर डर्टमण्ड पुगेका थिए ।

यो तीन वर्षमा उनले डर्टमण्डमा उत्कृष्ट प्रदर्शन गरे । उनले डर्टमण्डको फस्ट टिमम स्थान मात्र बनाएनन् च्याम्पियन्स लिग जस्तो उच्च लेभमा खेले साथै गोल गर्ने कीर्तिमान तोड्न थाले अनि गोलका लागि अवसर पनि मिलाए ।

सेप्टेम्बर २०१९ मा उनले बुण्डेसलिगाको एकै सिजनमा १५ गोल गर्ने सबैभन्दा युवा खेलाडीको कीर्तिमान बनाए । उनले यसका लागि ५२ वर्षको कीर्तिमान तोडेका थिए ।

२०२० जनवरीमा उनी युरोपको टप फाइभ लिगमा गोल र असिस्ट गरेर दोहोरो अंक छुन पहिलो खेलाडी भने । यसमा उनले बार्सिलोनाका लिओनल मेसीलाई समेत पछि पारे ।

सान्चोको उत्कृष्ट प्रदर्शनले गर्दा इंग्ल्याण्डको सिनियर टिममा पनि स्थान मिल्यो । गारेथ साउथगेटको थ्री लायन्स टिममा उनी नियमित सदस्य हुन थालेका छन् । सिनियर टिमम उनले २ गोल गर्दै सबैलाई प्रभावित बनाएका थिए ।

सान्चोले २०१८ मा क्रोएसिया विरुद्ध खेल्दै सिनियर टिममा डेब्यु गरेका थिए । उनले कोसोभोविरुद्ध एकै खेलमा २ गोल गरेका थिए ।  २०१७ मा यू १७ वर्ल्डकप जित्दाको टिममा रहेको सान्चो अर्को वर्ष नै सिनियर टिममा परेका हुन् ।

उनी तिनै खेलाडी हुन् जसले सन् २०१८ मा पहिलो व्यावसयिक गोल गरेका थिए । अहिले उनी २० वर्ष लागे । जसमा उनले ४० भन्दा बढी गोलका लागि असिस्ट गरेका छन् भने खेलेको खेलको शतक पुर्‍याउन लागिसके ।

ह्वाट अ ट्यालेन्ट !!

तर विगतमा उत्कृष्ट प्रदर्शन गरेका अन्य युवा खेलाडीसंग उनको तुलना कस्तो हुन्छ ।

टक स्पोर्ट्स डट कमले पछिल्लो दशकमा इंग्ल्याणडका लागि धेरै गोल गर्ने र अस्ट गर्ने खेलाडीहरु २० वर्ष लाग्दा कस्तो प्रदर्शन गरेका थिए भने तुलना गरेको छ ।

र केही रिजल्टले सरप्राइज समेत पार्न सक्छ ।

जाडोन सान्चो

क्लब : बोरुसिया डर्टमण्ड

खेल : ९०

गोल : २१

असिस्ट : ४२

इंग्ल्याण्ड खेल : ११, गोल : २

सम्मान : जर्मन सुपर कप, यू१७ वर्ल्डकप

२० वर्ष लाग्दा अन्य खेलाडीको प्रदर्शन कस्तो थियो?

स्टेभेन जेरार्ड

क्लब : लिभरपुल

खेल : ४४

गोल : १

असिस्ट : १

इंग्ल्याण्ड खेल  : २

फ्रान्क लाम्पार्ड

क्लब : वेष्टह्याम युनाइटेड

खेल : ५२

गोल : ६

असिस्ट : ४

इंग्ल्याण्ड खेल : ०

वायन रुनी

क्लब : एभरटन म्यानचेष्टर युनाइटेड

खेल : १३२

गोल : ३९

असिस्ट : १०

इंग्ल्याण्ड खेल : २७, गोल : १०, असिस्ट : ५

माइकल ओवेन

क्लब : लिभरपुल

खेल : १००

गोल : ५१

असिस्ट : १०

इंग्ल्याण्ड खेल : १८, गोल : ५, असिस्ट : १

पउल स्कोल्स

क्लब : म्यानचेष्टर युनाइटेड

खेल : ९

गोल : ३

असिस्ट : ०

इंग्ल्याण्ड खेल : ०

एलान सिअरर

क्लब : साउथह्याम्पटन

खेल : ५०

गोल : ८

असिस्ट : ०

इंग्ल्याण्ड खेल : ०

डेभिड बेकह्याम

क्लब : म्यानचेष्टर युनाइटेड, प्रेस्टन नर्थ एन्ड

खेल : १६

गोल : ३

असिस्ट : १

इंग्ल्याण्ड खेल : ०

ह्यारी केन

क्लब : टोटनहम, लेयटन ओरिएन्ट (लोन), मिलवाल (लोन), नर्विच सिटी (लोन), लेस्टर सिटी (लोन)

खेल : ७१

गोल : १७

असिस्ट : ६

इंग्ल्याण्ड खेल : ०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment