+
+
Shares

सांग्रिला डेभलपमेण्ट बैंकको ६ शाखा लक डाउनमा पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १७:१४

१३ चैत, काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) लाई नियन्त्रण लागि भइरहेको लक डाउनको समयमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ६ शाखा खुुल्ने भएको छ । बैंकले काठमाडौंं उपत्यकामा ३ र बाहिर ३ शाखा खुलाउने भएको हो ।

बैंकले विद्युतीय माध्यमका एटिएम सेवा, मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, कनेक्ट आइपिएस लगायका सेवाहरुबाट कारोबार गर्न पनि अनुुरोध गरेको छ ।

बैंकको शाखा कार्यालयमा नै भौतिक रुपमा उपस्थित भई सेवा लिने अवस्था परि सेवालिन आवश्यक भएमा न्यूनतम वैकिङ्ग सेवा प्राप्त गर्न सहजता लागि यी ६शाखा कार्यलय खुलाउन भएको सइओ सुुयोग श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण आवश्यक शतर्कता अपनाई निश्चित दुरी कायम गरी देहाय बमोजिमको सेवा लिन पनि अनुरोध गरेको छ ।

मितिः २०७६।१२।१३ गते खुल्ने शाखा कार्यालयहरुको विवरणः
क्र.सं. शाखाकार्यालयको ठेगाना शाखा खुल्ने समय
१ बनस्थलीशाखा, वनस्थली, काठमाडौं विहान ११वजे देखि १ बजे सम्म
२ ठिमी शाखा, मध्यपुर, ठिमी,भक्तपुर विहान ११वजे देखि १ बजे सम्म
३ कुमारीपाटी शाखा, कुमारीपाटी,ललितपुर विहान ११वजे देखि १ बजे सम्म
४ पोखरा न्यूरोड शाखा, न्यूरोड, पोखरा विहान ११वजे देखि १ बजे सम्म
५. नारायणगढ शाखा, नारायणगढ, लायन्सचोक, चितवन विहान ११वजे देखि १ बजे सम्म
६. नेपालगंजशाखा, धम्बोजीचोक, नेपालगंज, बाँके विहान ११वजे देखि १ बजे सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?