+
+
Shares

सखुवा प्रसौनीमा सहकारीले खोल्यो तरकारी बिक्री केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते १८:०१

१३ चैत, वीरगञ्ज । लकडाउनका कारण किसानले तरकारी बेच्न नपाएको र उपभोक्ताले खरिद गर्न नपाएपछि सखुवाप्रसौनी गाउँपालिका-५ महुवनको सहास साना किसान कृषि सहकारी संस्थाले किसानसँग तरकारी संकलन गरेर बिक्री गर्न थालेकोछ ।

सहकारीले स्थानीय महुवन प्रहरी चौकीको समन्वयमा ‘बिक्री केन्द्र’ खोलेको छ । प्रहरी चौकीकै नजिक खोलिएको बिक्री केन्द्र सञ्चालनको जिम्मा लेखापाल सन्तोष बर्णवाललाई दिइएको छ । दुई दिनदेखि केन्द्रबाट तरकारी बिक्री भइरहेको छ ।

केराउ ५०, भण्टा ४० र काउली ५० रुपैयाँ किलोमा बिक्री भइरहेको बर्णवालले जनाएका छन् । केन्द्रमा रामनगरी, एकडरा, लखनपुर, बलुवा, सोलखपुर, गुलवरिया, महुवनलगायतका क्षेत्रबाट मानिसहरु तरकारी खरिद गर्न आइरहेका छन् ।

सदस्यले उत्पादन गरेको तरकारी खेर नजाओस र उपभोक्ताको आवश्यकता पनि पूरा होस भनेर बिक्री केन्द्र खोलिएको अध्यक्ष नरेश जयसवालले जानकारी दिए ।

‘लक डाउनले गर्दा सदस्य किसानले उत्पादन गरेको तरकारी बजार लैजान पाइएको छैन, भने उपभोक्ताले पनि सहज रुपमा तरकारी किनेर खान पाएका छैनन्,’ अध्यक्ष जयसवालले भने, ‘दुवै समस्याको समाधानका लागि तरकारी बिक्री केन्द्र खोलेका छौं । सदस्यबाट तरकारी संकलन गरेर ल्याउँछौं, कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर भिडभाड नहुने गरी बिक्री गर्छौ ।’

सहकारीमा चार सय ३ जना महिलासहित ४१७ जना सदस्य आबद्ध छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?