Comments Add Comment

प्रदेश २ मा १५१ जना क्वारेन्टाइनमा

१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ । कुल १८ स्थानीय तह रहेको जिल्लामा ९५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा ५ जना महिला समेत छन् ।

यसपछि सबैभन्दा बढी रौतहटमा क्वारेन्टाइनमा राखिएको छ । रौतहटका २८ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झाले बताए । उनका अनुसार सिरहामा १९ जनालाई, पर्सामा ५ जनालाई तथा सर्लाही र बारामा २/२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

धनुषामा यसअघि एक जनालाई क्वारेन्टाइनमा राखिएपनि उनलाई घरकै क्वारेन्टाइनमा पठाइएको छ । सहनिर्देशक झाले ती व्यक्तिमा त्यस्तो कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको बताए ।

खासगरी भारतसहित अन्य देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको झाले बताए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment