+
+
Shares

आलु प्याजमा कालोबजारी गर्ने ११ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते २०:०८

१३ चैत, जनकपुरधाम । धनुषामा प्रहरीले लक डाउनको मौका छोपी चर्काे मूल्यमा सामान बेच्ने ११ जनालाई पक्राउ गरेको छ ।

ग्यास, आलु, प्याजदेखि रिजार्च कार्डसम्म बढी मूल्य लिएर बेच्ने ११ जनालाई जनकपुरधामबाट बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अधिकांस आलु र प्याज महंगो मूल्यमा बेच्नेहरु छन् । आलु, प्याजमा ब्यापारी नौ जना, एक जना रिजार्ज कार्ड र अर्काे एक जनालाई ग्यास बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनीहरुले आलु प्रति किलो ६०, प्याज ८० का दरले बिक्री गरिरहेको पाइएपछि नियन्त्रणमा लिएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?