+
+
Shares

लकडाउन उल्लंघन गर्नेलाई सय रुपैयाँ जरिवाना तिराइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १३ गते २०:३८

१३ चैत, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि लकडाउन घोषणा गरेको छ र सबै नागरिकलाई आफ्नो घरमा बस्न आग्रह गरेको छ ।

तर ठाउँठाउँमा सर्वसाधारणले अवज्ञा पनि गरेका छन् ।

धनुषाबाट तेस्रो दिन पनि लकडाउनको अवज्ञा गरेको आरोपमा प्रहरीले ६६ जनालाई पक्राउ गरिएको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीकाअनुसार एक बस, दुई वटा अटो रिक्सा र २० वटा मोटरसाइकलसहित ६६ जनालाई पक्राउ गरिएको हो ।

उनीहरु सबैलाई प्रति व्यक्तिसँग एक सय रूपैयाँका दरले जरिवाना लिएर छाडिएको डीएसपी कार्कीले बताए ।

लकडाउनको उल्लंघन गर्ने सबारीसाधनहरु भने आवश्यक कार्वाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?